संघीय संसद् प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।

दिउँसो २ बजे सुरु हुने बैठकको सम्भावित कार्यसूचीको बुँदा नम्बर ७ मा गृहमन्त्री गुरुङले तीन वटा अध्यादेश पेश गर्ने उल्लेख गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार गृहमन्त्री गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश, २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा –दोस्रो संशोधन० अध्यादेश, २०८२ पेश गर्न लागेका हुन्।