नेपाली कांग्रेस उपसभापति पदका उम्मेदवार देवराज चालिसेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। 

कांग्रेसको १५ औं महाधिवेशनमा मंगलबार उम्मेदवारी दर्ता गराएका उनले निर्वाचन समितिमा गएर बुधबार आफ्नो उम्मेदवारी फिर्ता गरेका हुन्। 

नयाँ नेतृत्व चयनका लागि १८ गते देखी १५ औं महाधिवेशन जारी छ।