झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुरलाइनमा भएको आगलागीबाट ५ घर जलेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले आगलागीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको जनाए। 

‘मानवीय क्षति भएको छैन,’ उनले भने, ‘४–५ घरमा आगलागीले क्षति पुर्‍याएको छ। हामी विवरण संकलन गरिरहेका छौं।’

डीएसपी अवाका अनुसार त्यहाँ रहेको फर्निचर उद्योगबाट आगलागी शुरू भएको हो। आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।