राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आगामी आठौँ महाधिवेशनमा ज्ञानेन्द्र शाहीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

राप्रपाको आठौँ महाधिवेशन मंसिर २६, २७ र २८ गते हुँदैछ। शाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्नो उमेदवारी घोषणा गरेका हुन्। 

उनले वर्तमान अध्यक्ष राजेन्द्र लिङ्देनलाई सर्वोच्च नेता बन्न प्रस्ताव गरेका छन्।