मोरङको बेलबारी नगरपालिका–२ लालभित्तिमा घरको दोस्रो तलाको बरण्डाबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ।
प्रहरीका अनुसार स्थानीय ९६ वर्षीय रत्नप्रसाद लिम्बू शुक्रबार बिहान करिब ५:३० बजे आफ्नै घरको दोस्रो तलाको बरण्डाबाट आँगनमा खसेको अवस्थामा मृत फेला परेका थिए।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थल पुगेको थियो। अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा टोली खटाइएको प्रहरीले जनाएको छ।












