मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्यालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानमा उनको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी गरिएको हो।
अर्याल हाल फरार रहेको र अनुसन्धान अघि बढेपछि सम्पर्कविहीन भएको बताइएको छ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, तत्कालीन सचिव विनोद केसी, उमेश ढुंगाना, राजीव पोखरेल र कानुन अधिकृत निर्मला गुरुङ छन्।
यसअघि पनि यही प्रकरणमा चार जना पक्राउ परिसकेका छन्।












