विराटनगर महानगरपालिका–४ इक्राहीस्थित एक उखुबारीमा शुक्रबार दिउँसो अन्दाजी २५–२६ वर्षीय युवकको शव फेला परेको छ। उखुबारीभित्र घोप्टो परेको अवस्थामा भेटिएको उक्त शवको पहिचान भने खुल्न सकेको छैन।
प्रहरीका अनुसार मृतक युवकको शरीरमा कपडा यथावत् रहेको छ भने उनको दाहिने कानमा चोट लागेर सामान्य रगत बगेको देखिएको छ। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले युवकको शव शंकास्पद अवस्थामा भेटिएको पुष्टि गरे।
घटनास्थलको प्रारम्भिक अवस्था र प्रकृति हेर्दा हत्या गरेर शव फालिएको हुनसक्ने प्रहरीको आशंका छ। शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने एसपी कटवालले जानकारी दिए। घटनाबारे थप विवरण आउन बाँकी छ।












