नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्दसत्र प्रभावित भएको छ।

आजको बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरूले विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथिको छलफल टुङ्ग्याउँदै पारित गर्ने तयारी गरिए पनि अचानक आएको हावाहुरी र वर्षाका कारण बन्दसत्र प्रभावित भएको प्रवक्ता देवराज चालिसेले बताए।

बिहान साढे १० बजेदेखि शुरू गर्ने भनिएको बन्दसत्रलाई खाजा समयपछि गर्ने भनी साढे ११ बजेदेखि शुरू गर्ने तयारी भएको थियो। तर अचानक हावाहुरीसहितको ठूलो वर्षा भएसँगै प्रभावित भएको छ।

महाधिवेशन प्रतिनिधिहरू खुलामञ्चमा आउन सकिरहेका छैनन्।

कांग्रेसले बन्दसत्र खुलामञ्चमा गरिरहेको छ। भृकुटीमण्डपमा खाना स्थल र राष्ट्रियसभा गृहमा निर्वाचन समितिले निर्वाचनको काम गरिरहेको छ।

भोलि बिहान मतदान हुँदैछ।