नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गराएका राठौरले बुधबार राष्ट्रिय सभा भवनमा पत्रकार सम्मेलन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

सभापति पदमा उम्मेदवारी दर्ता गराएका तीनमध्ये राठौरले उम्मेदवारी फिर्ता लिएपछि अब गगनकुमार थापा र श्यामकृष्ण खड्की प्रतिस्पर्धामा रहेका छन्।