सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको घरमा छापा मारेको छ।
विभागले बुधबार जबरासहित उनी निकटका केही व्यक्ति र नातेदारको घरमा समेत छापा मारेको विभाग स्रोतले जानकारी दियो।
उनीहरूको घरमा छापा मारेर महत्त्वपूर्ण कागजात बरामद गरिएको बताइएको छ।
पूर्वप्रधानन्यायाधीश जबरालाई यही असोज ११ गते मध्यराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनको घरबाटै ‘नियन्त्रणमा’ लिएको थियो।
विनापूर्जी पक्राउ गरिएका उनलाई करिब १२ घण्टा प्रहरी कार्यालय राखेर छाडिएको थियो।












