सुर्खेतकी १६ वर्षिया इनिशा विकको आज दाहसंस्कार गरिने भएको छ। गत फागुन २३ गते वीरेन्द्रनगरको सामुदायिक वनमा मृत भेटिएकी इनिशा बिकको २७ दिनपछि दाहसंस्कार गर्न लागिएको हो।
सामूहिक बलात्कारपछि हत्या भएको भन्दै परिवारले इनिशाको शव नबुझ्ने अडान लिएका थिए।
घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरी अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि परिवारले शव बुझ्ने भएका हुन्। इनिशाको आज भेरी नदीको सम्झिघाटमा दाहसंस्कार गरिने परिवारले जनाएका छन्।
दुई साता लामो अनुसन्धानपछि प्रहरीले गत साता सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो।
आइतबार सरकारी वकिल कार्यालयले सुर्खेत जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा मंगलबार भएको थुकछेक बहस पछि घटनामा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अदालतको आदेशअनुसार उनीहरूलाई बालसुधार गृहमा पठाइने भएको छ।




















