गृहमन्त्री सुधन गुरुङले प्रहरी सेवा नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक बनाउन निर्देशन दिएका छन्।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँमा स्थलगत निरीक्षणको क्रममा मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सेवा प्रवाहमा सुधार र प्रविधिको प्रयोगमा आवश्यक व्यवस्थापन गर्न सरकारको प्रतिबद्धता रहेको बताएका छन्।
निरीक्षणका क्रममा गृहमन्त्रीले परिसरमा भइरहेको कामकारवाही, सेवा प्रदान गर्ने प्रक्रिया र अपराध अनुसन्धानबारे जानकारी लिएका थिए।
साथै, परिसर प्रमुख रमेश थापाका अनुसार, काठमाडौँमा १३ सयभन्दा बढी सीसीटीभी जडान भए पनि जेन जेड आन्दोलनका क्रममा भएको तोडफोडपछि हालसम्म ९ सय ३७ वटा सीसीटीभी पुनः जडान गरिएको छ।




















