झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट चैत १७ लागूऔषध ब्राउन सुगर र प्रतिबन्धित औषधीसहित ९ जनालाई पक्राउ गरिएको छ।
झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ स्थितबाट प्र.१-०१-०१२ प ४७१५ नम्बरको स्कुटर चालक मेचीनगर नगरपालिका-१२ का सन्तोष लिम्बु पछाडि सवार ओम नारायण मण्डल र पुजन कुमार खनाललाई ५ ग्राम २७० मिलिग्राम ब्राउन सुगर सहित र मे ४ प ८२७४ नम्बरको मोटरसाइकल चालक भद्रपुर-९ का रेसल खड्का पछाडि सवार संदिप राजबशी र प्रवीण राईलाई ३ ग्राम ३६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय अनारमनीले दमक नगरपालिका-८ का क्षितिज तामाङलाई १ ग्राम २७० मिलिग्राम सहित नियन्त्रणमा लिएको छ।
त्यसैगरी इलाका प्रहरी कार्यालय रानीले सुनसरीको धरान उप-महानगरपालिका-११ का विनायक सुवेदीलाई २४ एम्पुल प्रतिबन्धित औषधी सहित मोरङको-१५ स्थितबाट नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय भण्टाबारीले उदयपुर चौदण्डी-४ का पर्वत राईलाई ३० ट्याब्लेट प्रतिबन्धित औषधी सहित पक्राउ गरेको छ। पक्राउ परेको सबै जनाको थप अनुसन्धान भइरहेको छ।




















