केही दिनअघि एमालेका कार्यकर्ताहरूले आफ्नो पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउविरुद्ध नारा लगाउँदै हिँड्दै गर्दा एक ज्येष्ठ नागरिकमाथि दुर्व्यवहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। यसबारे गृहमन्त्री सुधन गुरुङले चासो दिएका थिए।
उनीमाथि युवा सङ्घ ललितपुरका अध्यक्ष रामशरण शर्मा बजगाईँले दुर्व्यवहार गरेका थिए। उनी पक्राउ परिसकेका छन्। उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ।
गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै ज्येष्ठ नागरिकले धन्यवाद दिएका छन्।
गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा ज्येष्ठ नागरिककै निवास पुगेका थिए। उक्त घटनाले आफू निदाउनसमेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए।




















