नेकपा (एमाले) संसदीय दलको नेतामा इलाम २ का युवा सांसद सुहाङ नेम्बाङले दाबी गरेका छन्।आज केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको संसदीय दलको बैठकमा सुहाङले आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

यो बैठकमा संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाइँदैछ। बैठकमा उनले युवाहरूको मागअनुसार आफू दलको नेता हुनुपर्ने दाबी सुहाङले गरेका हुन्।

उनले वरिष्ठ नेताहरू, वरीयता र पार्टी विधिको पनि आफूलाई राम्रो हेक्का रहेको उल्लेख गर्दै समयले पनि युवाको नेतृत्व खोजेकाले आफ्नो दाबी रहने बताएका हुन्।