नेकपा एमाले संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने भएको छ। पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच दलको नेताका लागि चुनावी प्रतिस्पर्धा हुने भएको हो।
एमाले सांसद ऐन महरले दुई सांसदबीच दलको नेताका लागि चुनावी प्रतिस्पर्धा हुने र निर्वाचन पनि आजै सम्पन्न हुने जानकारी दिएको छ। संसदीय दलको नेता चयन गर्न एमाले पदाधिकारीहरूले सर्वसम्मत प्रयास गरे पनि सफल हुन सकेन।
पदाधिकारीसमेत रहेका रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङले दलको नेताका लागि दाबी गरेपछि चुनावी प्रतिस्पर्धा हुन लागेको एमाले नेताहरूले जानकारी दिएका छन्।




















