नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको थुनामुक्तिका लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर भएको छ। उक्त रिटमा सुनुवाइका लागि सोमबारको पेसी तय भएको छ।
ओली पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी हुन्। रिट निवेदकका तर्फबाट सर्वोच्चमा बहसपछि ओलीको थुनाबारे टुंगो लाग्नेछ। आधिकारिक रूपमा जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक नभई पक्राउ गरेर थुनामा राख्ने कार्य गैरकानुनी र पूर्वाग्रही रहेको दाबी शाक्यको रिटमा छ।
सुझावका आधारमा पक्राउ गर्ने कार्यले स्वतन्त्रताको मौलिक हक हनन् हुने दाबी पनि रिटमा गरिएको छ। काठमाडौं जिल्ला अदालतमा थुना म्याद थपका विषयमा सुनुवाइ सकिएर आदेश आउने क्रममा छ।



















