शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपको लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइएको छ।
यसअघि लेखकलाई सरकारी वकिलको कार्यालयमा लगिएको थियो।
जेनजी आन्दोलनको घटना छानबिनका लागि प्रहरीले लेखकलाई शनिबार बिहान निवासबाटै पक्राउ गरेको थियो।
उनीसँगै पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्राउ गरेको थियो। ओलीलाई पनि अदालत उपस्थित गराइँदैछ।




















