पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सुरक्षा बढाइएको छ।

यसअघि प्रहरीले उनीमाथि सुरक्षा थ्रेट रहेको भन्दै मध्यराति १२ बजे घरबाट नियन्त्रणमा लिएर ११ घण्टापछि घरमै छाडेको थियो। घर फर्किएलगत्तै जबराले आफूमाथि सुरक्षा थ्रेट रहेको भन्दै सुरक्षा माग गर्दै निवेदन दिएका थिए।

उनको तर्फबाट छोरा सचिन्द्र जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा दिएको निवेदनको आधारमा प्रहरीले उनको सुरक्षा बढाएको छ। जबराको घर वरिपरि निगरानीका लागि थप प्रहरी परिचालन गरिएको छ।