विराटनगर–४, कञ्चनबारीस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पताल परिसरमा सञ्चालित न्यूरो ओम क्याफेले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयद्वारा गरिएको खाद्य निरीक्षणमा ३ स्टार ‘अति उत्तम’ र ‘क’ वर्ग प्राप्त गरेको छ।

3

खाद्य स्वच्छता, सुरक्षा, गुणस्तर तथा व्यवस्थापनका विभिन्न मापदण्डका आधारमा गरिएको निरीक्षणमा न्यूरो ओम क्याफेले ३ स्टार 'अति उत्तम' तथा ‘क’ वर्ग प्राप्त गर्न सफल भएको हो।

2

अस्पताल परिसरमा बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, विद्यार्थी तथा सेवाग्राहीलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेको क्याफेले प्राप्त गरेको यो उपलब्धि खाद्य स्वच्छता तथा गुणस्तरप्रतिको निरन्तर प्रतिबद्धताको प्रमाण हो।

5