सु्न्दरहरैंचामा रहेको हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रजत जयन्ती तथा २४औँ वार्षिक साधारणसभाको अवसरमा आयोजित निःशुल्क आँखा जाँच शिविरमा १९२ जनाले सेवा लिएका छन्।
संस्थाको सभाहलमा आयोजना गरिएको शिविरमा संस्थाका सदस्य तथा स्थानीय सर्वसाधारण गरी १९२ जनाको आँखा परीक्षण गरिएको संस्थाका अध्यक्षले जानकारी दिनुभयो ।

शिविरमा आँखासम्बन्धी समस्या बारे परीक्षणसँगै आवश्यक परामर्शसमेत प्रदान गरिएको थियो। शिविर सञ्चालनका लागि इटरिको नव दृश्टी आई हस्पिटलको प्राविधिक सहयोग रहेको थियो।
संस्थाले आफ्नो रजत जयन्ती तथा वार्षिक साधारणसभालाई सामाजिक सेवासँग जोड्दै स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गरेको हो।












