प्रहरी महानिरीक्षक (आईजीपी) मा पुनर्बहालीको माग गर्दै दानबहादुर कार्कीले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ। आईजीपीमा पुनर्बहालीको माग राखेर कार्कीले बिहीबार रिट पेस गरेका थिए।

रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी तय भएको छैन। आफूलाई सुनुवाइको मौका नदिई बिना आधार र कारण गैरकानुनी रुपमा प्रहरी प्रमुखबाट हटाएको कार्कीको दाबी छ।

मन्त्रिपरिषद्को कात्तिक १८ को निर्णय अनुसार कार्कीलाई आईजीपीबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार डा. मनोजकुमार केसीले बुधबारबाटै प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्।