नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा कर्णालीले टस जित्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

खेलका लागि कर्णालीले आफ्नो टोलीमा दुई खेलाडी परिवर्तन गरेको छ। जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङलाई पहिलो रोजाइमा समावेश गरिएको छ।

यस्तै, सुदूरपश्चिमले एक खेलाडी परिवर्तन गरेको छ। शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायकेलाई पहिलो रोजाइमा अवसर दिइएको छ। दुवै टोली परिवर्तित खेलाडीका साथ मैदानमा उत्रिएका छन्।