नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दैै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेश गरिने भएको छ।
गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै पत्नी राधिका शाक्यले निवेदन पेश गर्ने भएकी हुन्।
एमाले निकट कानून व्यवसायीहरुले ओलीको पक्षमा वकालत गर्नेछन्। आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा काँग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए।




















