नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ बमोजिम तत्काल २० प्रतिशत शेयर जनतामा वितरण गर्न माग गरेका छन्। 
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई सेयर जारी गर्नुपर्नेमा ४० वर्षदेखि हुन नसकेको भन्दै आपत्ति जनाएका हुन्। 
उनले भने, ‘नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ बमोजिम सर्वसाधारण जनतालाई शेयर जारी गर्नुपर्ने यो ४० वर्षदेखि हुन सकेको छैन। अहिले नेपाल विद्युत् प्राधिकरणको झण्डै ७ खर्बको २० प्रतिशत मात्रै शेयर जनतामा वितरण गर्न सक्यौ भने डेढ खर्ब रुपैयाँ जम्मा हुने स्थिति छ। देश विदेशमा रहेको साधन श्रोत अरू ठुला मझौला विद्युतमा राज्यले उपयोग गर्न सक्ने जुन थिति छ। त्यतातिर सरकार मौन छ। तत्काल ४० वर्ष अगाडिको कानुनअनुसार २० प्रतिशत शेयर वितरण गरियोस्।’