राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले सरकारको हात्तीको दाँत जस्तै दोहोरो चरित्र रहेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएतापनि व्यवहारमा लागू नभएको भन्दै सरकारले हात्तीको दाँत जस्तै दोहोरो चरित्र देखाएको बताएका हुन्।
उनले भने, ‘मलाई यो सरकार हात्तीको दाँत जस्तै लाग्न थालेको छ। देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि ? के प्रेम गर्नु अपराध हो ? सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ। अन्तरजातीय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनिहारको विवाह दर्ता भइसकेको पनि जबरजस्ती तोड्न गृहमन्त्री कै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भीर छ। सरकारले जवाफ दिनुपर्छ।’
साथै उनले अन्तरजातीय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरुपयोग गरेको पनि उनले आरोप लगाए ।