दुर्गा पूजाका लागि विद्युत् लाइन जोड्ने क्रममा करेन्ट लागेर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ।
त्रियुगा नगपालिका–१२ पुरानो गाईघाटस्थित ज्योति नगर टोलका ६५ वर्षीय बद्रीनारायण चौधरीको मङ्गलबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यसअघि नै उनको मृत्यु भएको अस्पतालले घोषणा गरेको थियो।
प्रहरीका अनुसार चौधरीको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।












