सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीले सांसद पदबाट राजीनामा दिएका छन्। सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका हुन्।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मंगलबार राजीनामा आएको बताए । तर, सभामुख भण्डारीले स्वीकृत गरेका छैनन्।
थापाले केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आएका थिए। मंगलबार बजेट पारित भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन्। उनी लामो समय सुदूरपश्चिमको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री थिए। उनी एमालेका प्रदेशसभा सदस्य हुन्। सुदूरपश्चिममा नेकपा र एमालेको संयुक्त सरकार छ।












