नयाँ दिल्लीमा आयोजित प्रथम बिमस्टेक (BIMSTEC) गृहमन्त्रीस्तरीय बैठकका अवसरमा भारतीय केन्द्रीय गृहमन्त्री अमित शाह र नेपालका गृहमन्त्री सुधन गुरुङबीच शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा दुवै नेताहरूले द्विपक्षीय सहयोगलाई थप प्रगाढ बनाउने र क्षेत्रको शान्ति, प्रगति तथा समृद्धिका लागि भारत र नेपालबीचको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत भेटघाटप्रति प्रसन्नता व्यक्त गर्दै दुई देशको हित र क्षेत्रीय सहकार्यका विषयमा सकारात्मक छलफल भएको जानकारी दिएका छन्।












