राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छन्।
शुक्रबार बिहान शीतल निवास पुगेर लामिछानेले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। समसामयिक विषयमा छलफल भएको रास्वपा स्रोतले बतायो।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो भारत भ्रमणमा जानुअघि र विदेशबाट फेर्केपछि राष्ट्रपतिसँग परामर्श नरेको भन्दै आलोचना भइरहेको समयमा लामिछानेले राष्ट्रपतिलाई भेटेका हुन्।
हिजो मात्र प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच ५ घण्टा भेटवार्ता भएको थियो।












