वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व हुप्सेकोट गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–१६ बस्ने २७ वर्षीया हिमकला खाम्चा मगर, चितवन खैरहनी नगरपालिका–२ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका–१० मनमैजु बस्ने ४१ वर्षीय बलराम सिलवाल र नवलपरासी पूर्व कावासोती नगरपालिका–७ घर भई काठमाडौँ महानगरपालिका–३२ बस्ने ३५ वर्षीय दिपेश महतो रहेका छन्। 
पक्राउ परेकामध्ये हिमकलाले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट ८० हजार रुपैयाँ, बलरामले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रुपैयाँ र दिपेशले मलेसिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हिमकला र बलरामलाई काठमाडौँ टेकुबाट बुधवार तथा दिपेशलाई काठमाडौँ टेकुबाट मङ्गलवार पक्राउ गरेको हो। 
पक्राउ मध्ये हिमकला र बलरामलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ तथा दिपेशलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।