नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार आज छापावाल सुन तोलाको एक लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन एक लाख ४३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो।

यस अघि बुधबार सुन प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १८५० रुपैयाँमा कारोबार भइरहेको छ।