मोरङको बेलबारी नगरपालिका १ स्थित नक्सल सामुदायिक वन उपभोक्ता समूहको कार्यालय भवन एक कार्यक्रमका बिच उद्घाटन भएको छ। बुधवार विश्व वन वातावरण दिवसको अवसरमा वनले भवन उद्घाटन तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो।

वनकी अध्यक्ष चन्द्रकला मगरको अध्यक्षता तथा बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईको प्रमुख अतित्यत्थामा आयोजित कार्यक्रममा सय बढी उपभोक्ताको उपस्थिति रहेको थियो। करिब ३३ लाखको लागतमा बेनेको २ कोठे भवन निर्माणका लागि स्रोत जुटाउन ३ वर्ष समय लगेको अध्यक्ष मगर बताउँछिन्। आफूले कार्यभार सम्हालिरहँदा भवनको अव्यक्तता महसुस भएको र उपभोक्तालेसमेत पटक-पटक आवाज उठाउँदै आएपछि वार्षिक कार्ययोजना अनुसार नै भवन निर्माण गरिएको उनको तर्क छ।

16यता कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन अधिकृत तथा कार्यक्रमका विशिष्ट विष्णुलाल घिमिरेले महिलाले नेतृत्व गरेको नक्सल सामुदायिक वनले गरेको वृक्षारोपण सफल भएकोमा बधाई दिए। उनले सामुदायिक वन क्षेत्रमा रड र फलामको प्रयोग कम गरी किसानले नै उत्पादन गर्दै आएको बाँसको प्रयोग गर्नुपर्नेमा जोड दिए। जसले वन वातावरण र किसानको रोजगारीसहित दुवै पक्षलाई समेट्ने उनको बुझाई छ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले विकास नारामा मात्रै सीमित नहुने, विकास चेतना र ज्ञानबाट हुने तर्फ जोड दिए। भवन, सडक, पुल पुलेसोलाई मात्र विकास मानी चेतना र सिपको विकासको प्रसङ्गलाई अवज्ञा गरिँदा मुलुक पछि परेको उनको तर्क छ।

04भवन उद्घाटन तथा वृक्षारोपण कार्यक्रममा कोशी प्रदेश वन महासंघ महासचिव रेनुका दाहाल, सदस्य अग्नि पौडेल, बेलबारी सव डिभिजन वन कार्यालयका प्रमुख दिपेश कुमार मिश्र, बेलबारी १ का वडा अध्यक्ष मणि पुलामी मगर लगायतको उपस्थिति रहेको थियो।