गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान गरेका छन्। उनी दिउँसो १:३० बजेको नेपाल एयरलाइन्सको उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गरेका हुन्।
बैठकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्रीहरु सहभागी हुनेछन्।












