नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खसेको छ। कोशी प्रदेशबाट ४१०, सुदूरपश्चिम र कर्णालीबाट ६०६, लुम्बिनीबाट ३८९, गण्डकीबाट ३३०, बागमतीबाट ४८७ र मधेश प्रदेशबाट ४२२ मत खसेको छ। 

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयन गर्न मतदान गरिरहेका छन्।