नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र खुलामञ्चमा मतदान जारी छ। निर्वाचन समितिका अनुसार बिहान ८ः३० देखि १०ः३० बजेसम्मको दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
समितिका अनुसार उक्त अवधिमा कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
कांग्रेसमा महाधिवेशन प्रतिनिधिको संख्या ७ हजार ३ सय १७ रहेको छ। मतदान सकेर आजै गणना शुरू गर्ने कांग्रेसको तयारी छ।












