राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहको नेतृत्वमा सञ्चालन भइरहेको मेची–महाकाली पदयात्रा सिरहा जिल्लामा प्रवेश गरेको छ।

मेचीदेखि महाकालीसम्म जनतासँग प्रत्यक्ष जोडिने उद्देश्यले अघि बढाइएको पदयात्रा सप्तरी हुँदै सिरहा पुगेको हो। पदयात्राका क्रममा सिंहले सप्तरीमा अभियानलाई साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण स्थानीयवासी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्।

जनताको आवाज सुन्ने, नागरिकका भावना बुझ्ने र उनीहरूका समस्या तथा मुद्दालाई आत्मसात् गर्ने उद्देश्यसहित पदयात्रा अघि बढिरहेको उनले बताएका छन्। मेचीदेखि महाकालीसम्म नागरिकसँग प्रत्यक्ष संवाद गर्दै जनताका आवाज र अपेक्षालाई समेट्ने अभियानले सिरहामा पनि निरन्तरता पाएको छ। 

सांसद सिंहको नेतृत्वमा जारी पदयात्रामार्फत विभिन्न क्षेत्रका नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गर्दै उनीहरूका विचार र समस्याबारे जानकारी लिइने जनाइएको छ।