राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्।

महोत्तरीमा जारी नवौं राष्ट्रिय महाधिवेशनबाट उनी अध्यक्षमा निर्विरोध चयन भएका हुन्। यस पदका लागि उनको मात्रै उम्मेद्वारी परेको थियो।

पशुपति यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए।

प्रतिष्ठानको निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथमा उपाध्यक्षमा सुवास केसी र द्वितीय उपाध्यक्ष सांगठनिकतर्फ राजु ढकाल निर्विरोध चयन भएका छन्। द्वितीय अध्यक्ष प्रशासनिकतर्फ रमेशराज भट्ट निर्विरोध चयन भए।

महासचिवमा शिव हमाल निर्विरोध चयन भए। अन्य पदका लागि आज मतदान हुँदैछ।