म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ।

बुधबार पक्राउ परेका श्रेष्ठलाई हतकडी लगाएर सरकारी वकिलको कार्यालय लगिएको हो।

उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा ललितपुरस्थित निवास नजिकबाट प्रहरीले पक्राउ गरेको हो।