प्रहरी नियन्त्रणमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अदालत उपस्थित गराउने तयारी भएको छ। 

साइबर अपराधसम्बन्धी कसुरमा श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो। प्रहरीले धोवीघाटस्थित जनआस्थाको कार्यालयमा खानतलासी गरी कम्प्युटरका सामग्री समेत लगेको सम्बद्ध पत्रकारले बताएका छन्। श्रेष्ठलाई सुरुमा काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालय लगिँदैछ। 

अनुसन्धानका लागि अदालतबाट अनुमतिका लागि जिल्ला प्रहरी परिसरले श्रेष्ठलाई उपस्थित गराउन थालेको हो। श्रेष्ठको पक्राउबारे बिहीबार नेपाल पत्रकार महासंघले प्रहरी परिसरमा धर्ना समेत दिएको छ। पक्राउबारे नेपाल मिडिया सोसाइटी लगायत संघ संगठनले समेत विरोध गरेका छन्।