नेपाली कांग्रेसका नेता पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर देउवाको टिम एकजुट रहेको बताए।
देउवाका आगमनमा स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका तामाङले सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस नफुट्ने र पार्टीभित्रको एकता कायम रहने बताएका हुन्।
उनले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको विचार र विरासत आफूहरूसँगै रहेको दाबी गरे। उनले पार्टीको वास्तविक शक्ति कांग्रेस नै भएको बताए।
उनले विधानअनुसार विशेष महाधिवेशनका लागि केन्द्रीय समितिले निर्णय गरी पारित गर्नुपर्ने भए पनि त्यसो नभएको दाबी गरे। गगन थापाले कांग्रेस सभापतिको पद ‘लुटेर लगेको’ आरोप लगाउँदै तामाङले त्यसलाई विधानसम्मत प्रक्रिया नभएको संकेत गरे।












