धनुषाको ढल्केवरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सिरहाको लहानमा सार्न खोजिएको भन्दै  पूर्वपश्चिम राजमार्ग सोमबार आधा धण्टा अवरुद्ध गरिएको छ। 

मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोको अगुवाईमा राजमार्ग अवरुद्ध गरिएको थियो। ढल्केवरबासी ट्रमा सेन्टर ढल्केवरमा नै निर्माण हुनुपर्ने अडानमा छन्।

स्वास्थ्य मन्त्री निशा मेहताले समाजिक सञ्जालमा ढल्केवरको ट्रमा सेन्टर नसारिएको प्रतिकृया दिए पनि ढल्केवरबासी चरणबद्ध आन्दोदनमा उत्रिएका छन्।