नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार शिष्टाचार भेट गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल भएको जनाइएको छ।
वालेन्द्र प्रधानमन्त्री भएयता पहिलोपटक भारतीय राजदूतसँग एक्लाएक्लै भेट भएको हो भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहयोग र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा कुराकानी भएको बताइएको छ।
भेटका क्रममा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।
प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिए।
दुवै तर्फका प्रतिनिधिहरुसहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो।












