प्रधानमन्त्री बालेन शाहले नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिहान ११ बजे भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यसैगरी, चिनियाँ राजदूत चाङ माओमिङसँग सोमबार अपराह्न ३ बजे भेटवार्ता गर्नेछन्।

भारतीय र चिनियाँ राजदूतसँगको भेटपछि प्रधानमन्त्री शाहले अमेरिका लगायत अन्य देशका राजदूतहरूसँग पनि भेटवार्ता गर्ने तयारी रहेको स्रोतले जनाएको छ।