नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपालीहरुबीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामर्थ्य बढाउने विश्वास व्यक्त गरेका छन्।
विश्व आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता नेपालको राष्ट्रिय सौन्दर्य र शक्ति भएको उल्लेख गरेका छन्।
उनले नेपालको संविधानले सबै समुदायको समान अधिकार, समावेशी र सहभागितामूलक प्रतिनिधित्वको ग्यारेन्टी गरेको उल्लेख गर्दै समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणमा साझा गन्तव्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत गरेका छन्।
अध्यक्ष ओलीले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्ने यस दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।












