देवानगञ्ज घटनामा संलग्न भएको आशंकामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले केही व्यक्तिलाई घटनामा संलग्न रहेको हुन सक्ने विषयमा अनुसन्धान गर्न नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पक्राउ परेका व्यक्तिहरूको पहिचान नखुलाइएको बताए।

उनले भने, ूघटनामा ती व्यक्तिहरू संलग्न थिए थिएनन् वा उनीहरूको के भूमिका के थियो भन्ने सुक्ष्म अनुसन्धान भइरहेको छ।ू डीएसपी खड्काले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूबाट आएका सूचनालाई आधिकारिक नमान्न आग्रहसमेत गरेका छन्।

देवानगञ्ज घटनालाई उत्तेजितबाउने, आगजनी गर्ने व अन्य हिंसा फैलाउन भूमिका रहे नरहेको भन्ने अनुसन्धानबाट पुष्टि हुने डीएसपी खड्काले बताए।