श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले भारत र चीनले लिपुलेकबाट व्यापार सुरु गरेको विषयमा नेपाल सरकारको जवाफ खोजेका छन्।

‘लिपुलेकमा नाका खोलियो। भारत र चीनबीच लिपुलेकबाट व्यापार सञ्चालन भइराखेको छ भन्ने कुरा जानकारीमा आएको छ,’ उनले भने, ‘नेपाल सरकारले यो विषयमा बोलेको छैन।’यो विषयमा नेपाल सकारको धारणा के हो भनेर उनले खोजी गरेका हुन्।

‘सरकारले बोल्नुपर्छ। हामी चाहन्छौं सरकार बोलोस्। के हो त नेपाल सरकारको आधिकारिक धारणा ? यसबारेमा हामी सबैलाई जानकारी होस्,’ उनले भने।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन्।