अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी रोजारियोस्थित एक क्लिनिकमा उपचाररत थिए।
जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल एक्समार्फत शोक व्यक्त गर्दै मेस्सी र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ। एएफएले कठिन घडीमा आफूहरू मेस्सी परिवारको साथमा रहेको जनाएको छ।












