जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवाललाई स्पष्टीकरण सोधिएको छ। प्रदेश प्रहरी कार्यालय कोशीले एसपी कटवाललाई २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधेको हो।

व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा छापा हान्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न भन्दै स्पष्टीकरण सोधिएको प्रदेश प्रहरी कार्यालय कोशीका एक उच्च अधिकृतले बताए।

मोरङ प्रहरीले सोमबार व्यवसायी मुन्दडाको घरमा छापा हाने पनि केही फेला पारेको थिएन। ‘कुन सुत्रका आधारमा छापा मारेको र केही पनि नभेटिनुको कारण के हो २४ घण्टाभित्र लिखित जवाफ पेस गर्नु,’ स्पष्टीकरणमा भनिएको छ।

सूचनाको भेरिफाई नगरी छापा हानेर व्यवसायीलाई त्रसित बनाएको भन्दै अहिले प्रहरीको आलोचना भइरहेको छ। प्रदेशका डीआईजी शेखर खनालले पूर्वका व्यापारीसँग अहिले छलफल गरिरहेका छन्।