नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको पक्राउ चर्चाबीच उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले पदाधिकारीको अनौपचारिक बैठक बोलाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो ३ बजे बस्ने भनिएको बैठकमा सभापति थापाको सम्भावित पक्राउको चर्चा, विवादित अडियो प्रकरण र सरकारका पछिल्ला गतिविधिबारे छलफल हुने जनाइएको छ।

विचौलिया भनिएका इमन सापकोटाले कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई १८ करोड रुपैयाँ दिएर आधिकारिकता दिलाएको दाबी गरिएको अडियो सार्वजनिक भएपछि विवाद बढेको छ। कांग्रेसले उक्त अडियो कपोकल्पित र आधारहीन रहेको दाबी गर्दै आएको छ।